सभामुखले माइक काटेपछि लिङदेनले भने–सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्य हुँदैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण २९, मंगलबार (९ महिना अघि)
  • ८९ पटक पढिएको
सभामुखले माइक काटेपछि लिङदेनले भने–सांसदको विशेष अधिकारलाई नियन्त्रण गर्ने कुरा मान्य हुँदैन

साउन २९, काठमाण्डौँ ।  राप्रपाका  अध्यक्ष राजेन्द्र लिङदेनले सांसदको विशेष अधिकारलाई सभामुखले नियन्त्रण गर्ने कुरा मान्य नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा सभामुखले विषय भन्दा बाहिर गएको भन्दै सभामुखले माइक काटेपछि उनले सो कुरा भनेका हुन् ।

उनले भने, ‘प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्न सांसदलाई यो मात्र बोल्न पाउँछौँ । पहिले नै यो विषयमा लेखेर बोल्न पाउँछौँ भन्ने कुरा मान्य हुँदैन । जनताको प्रतिनिधिले आफ्नो कुरा राख्छन् । संविधान विपरीत संसदको नियमावली विपरीत भए सभामुखले रोक्ने आफ्नो ठाउँमा छ । तर सभामुखले यो कुरा बोल्न हुन्छ यो कुरा बोल्न हुँदैन भन्ने कुरा मान्य हुँदैन ।’

रास्वपाका सांसद हरि ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताएपछि बिद्युत बक्यौंता महसुलका बारेमा बोल्न खोज्दा माइक काटेपछि बिबाद सभामुख र रास्वपाबीच बढिरहेका बेला लिङदेनले समर्थन जनाएका हुन् । ‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाइँदैन,’ लिङदेनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस