जनार्दनविरुद्ध राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालय परिचालित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (९ महिना अघि)
  • १०४ पटक पढिएको
जनार्दनविरुद्ध राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालय परिचालित

साउन ३०, काठमाडौँ ।  सत्ताबाट बाहिरिएपछि बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ। गत शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले पेश गरेको लिखित प्रस्तावले तरंग आएको छ।

लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्ड लक्षित नेतृत्व हस्तान्तरण र पुस्तान्तरणसहितको लिखित प्रस्ताव उपमहासचिव शर्माले पेश गरेपछि उनै शर्माविरुद्ध अहिले पार्टीको एक खेमाले चलखेल थालेको छ।

उपमहासचिव शर्माले पार्टीमा नेतृत्वको विकल्पबारेकै बहस चलाए पछि उनको विरुद्धमा प्रचण्ड पक्षधर नेताहरुले प्रचारबाजी सुरु गरेका हुन्।

शनिबार १३ पृष्ठको ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षको लिखित प्रस्तावमा नेतृत्व हस्तान्तरणको आवश्यकता औंल्याउँदै पार्टी क्षयीकरणको जिम्मेवारी लिन नेतृत्वलाई सुझाएका छन्।

शर्माको प्रस्तावको विपक्षमा उत्रिँदैे कतिपय पदाधिकारीले नै उनको प्रस्तावको विपक्षमा उभिएर प्रचण्डप्रति पक्षधरता पनि दर्शाउने कार्य सुरु भएको छ। मंगलबारको बैठकमा बोल्दै महासचिव देव गुरुङले शर्माको प्रस्ताव विरुद्ध आफूलाई उभ्याएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस