स्पष्टीकरण

रास्वपाले मुकुललाई सोध्यो २४ घण्टे स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ३०, बुधबार (९ महिना अघि)
  • १२३ पटक पढिएको
रास्वपाले मुकुललाई सोध्यो २४ घण्टे स्पष्टीकरण

साउन ३०, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्वमहामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ ।

ढकालले सञ्चारमाध्यमसति विभिन्न माध्यमबाट नेताहरुको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउने, झुठा आरोप लगाउने, पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने काम गरिरहेको भन्दै मुकुललाई रास्वपाले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

ढकालले पार्टी सिध्याउने गतिविधी गरेको रास्वपाको ठहर छ ।

‘तपाईँलाई पार्टीको साधारण सदस्यबाट निस्कासन किन नगर्ने ? तपाईँको साधारण सदस्यता किन खारेज नगर्ने ?’ ढकाललाई सोधिएको स्ष्टीकरणमा भनिएको छ, ‘आफ्नो आधार प्रमाण तथा भनाईसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्न सूचित गरिन्छ।’

#स्पष्टीकरण

ताजा अपडेट

खोजी गर्नुहोस