लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ भाद्र १०, सोमबार (८ महिना अघि)
  • ८२ पटक पढिएको
लेखा समितिको सभापति विपक्षी दललाई दिनुपर्ने माओवादीको माग

भाद्र १०, काठमाडौँ । माओवादीले सार्वजनिक लेखा समितिको सभापति पद विपक्षी दललाई दिनुपर्ने माग गरेको छ । समितिको आइतबार बसेको बैठकमा माओवादीले यस्तो माग गरेको हो ।

बैठकमा माओवादी सांसद लेखनाथ दाहाल र अमनलाल मोदीलेले लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिन आग्रह गरेका थिए । माओवादीको उक्त मागलाई एमालेले प्रतिवाद गरेको छ भने अर्को सत्ताधारी दल कांग्रेसले भने राजनीतिक सहमतिका आधारमा यो विषयको टुङ्गो लाउनु पर्ने बताएको छ ।

हाल लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल छन् । सभापति चयनका बेला एमाले प्रमुख प्रतिपक्षी दल थियो । एमालेले असार अन्तिमदेखि सत्ताको नेतृत्व गरिरहेको छ ।

लेखा समितिको सभापति पद प्रतिपक्षले माग्नुलाई एमालेका सांसद योगेश भट्टराईले  माग्नुलाई ‘बेतुकका कुरा’ भनेका छन् । यस्तै एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समिति सभापति माग्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने तर्क गरे ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने माओवादी सांसदहरूले उठाएको विषय सैद्धान्तिक रूपमा सही भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस