‘राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन’ : अर्थमन्त्री पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ भाद्र २७, बिहिबार (८ महिना अघि)
  • ४४ पटक पढिएको
‘राजस्व परिचालन प्रभावकारी नभए अर्थतन्त्र सुधार हुँदैन’ : अर्थमन्त्री पौडेल

भाद्र २७, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालन प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएमा अर्थतन्त्रमा सुधार गर्न नसकिने बताएका छन् । आज काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठी–२०८१ कार्यक्रममा उनले राजस्व परिचालनको दृष्टिकोणले अहिले धेरै चुनौतीहरु देखिएको भन्दै राजस्व परिचालन प्रभावकारी रुपमा गर्न सकिएन भने अर्थतन्त्रमा सुधार गर्न नसकिने बताए ।

उनले विगतको तुलनामा अर्थतन्त्रमा केही सुधार भएको भएता पनि त्यसैमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए । अर्थमन्त्री पौडेलले भन्सार विभागका कर्मचारीहरुलाई सेवाग्राहीहरुप्रति मैत्रीपूर्ण व्यवहार गर्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन समेत दिए ।

ताजा अपडेट

१२ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस