असोज ४, काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।
गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित हुनुभएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।
विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए । ‘म अहिले निकै अस्वस्थ भएको छु ।
ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको विदाईको लागि एकचोटि जाउँ कि सोचिरहेको छु ।’ उनले भने ।
एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किनुभएको थियो । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।
#डेंगु संक्रमणडेंगु संक्रमण