विश्व समुदायको ध्यानाकर्षण

विपिन जोशीको रिहाइ गरिदिन विश्व समुदायलाई परराष्ट्रमन्त्री राणाको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन ८, मंगलबार (७ महिना अघि)
  • ५१ पटक पढिएको
विपिन जोशीको रिहाइ गरिदिन विश्व समुदायलाई परराष्ट्रमन्त्री राणाको आग्रह

असोज ८, काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । असंलग्न राष्ट्रहरूको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा. राणाले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् ।

उनले नेपाल विपिन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी हुन् । गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए । नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री डा. राणाले बताइन् ।

#विपिन जोशी # डा. आरजु राणा #रिहाइ

ताजा अपडेट

खोजी गर्नुहोस