असोज १९, काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायत प्रभावित जिल्ला–पालिकाहरूलाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरेका छन् ।
आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउनसक्ने बताए । उनले विपद्मा ठूलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको बताए । मृतकका परिवारलाई २ लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको र घाइतेहरूको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए । बाढी पहिरो प्रभावित पालिकाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए ।