दसैँ र तिहार सकिए लगत्तै याे व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १९, शनिबार (७ महिना अघि)
  • ७५ पटक पढिएको
दसैँ र तिहार सकिए लगत्तै याे व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

असोज १९, काठमाण्डौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था र सरकार फाल्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको बताए ।

उनले अहिले सरकार र सत्ता पक्षका नेताहरू जनताको घरदैलोमा जान त परै जाओस् सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाए । उनले भने, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममा पनि आउन डराए । यिनीहरू अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जाँदा कार्यक्रम स्थगन गर्ने, वास्तवमा यिनीहरूको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भइसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए ।  उनले भने, ‘मौसम पूर्वानुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घटना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरूलाई फाँसी दिइन्थ्यो ।’

ताजा अपडेट

८ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस