कार्तिक ३, काठमाण्डौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा गर्ने भएको छ ।
जनता समाजवादी पार्टीबाट अलग भएपछि २०७९ असारमा नेपाल समाजवादी दर्ता भएपछि पहिलो पटक पोखरामा विधान अधिवेशन हुन लागेको हो ।
अधिवेशनमा डा. भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे २ दिनसम्म गहन छलफल गर्ने डा. बाबुराम भट्टराईले बताए ।