रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ४, आईतबार (७ महिना अघि)
  • ७० पटक पढिएको
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

कार्तिक ४, पोखरा । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले ६ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ । अनुसन्धान गर्न म्याद थपका लागि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायायधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारी र पीडितको तर्फबाट वेदबहादुर विष्टले बहस गर्दै अनुसन्धानका लागि ६ दिनको म्याद थप गर्न माग गरेका हुन् । लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त र नारायण घिमिरेले बहस गरेका थिए । म्याद थपसम्बन्धी बहस सकिएको र केहीबेरमा निर्णय हुने अदालत स्रोतले बताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस