कार्तिक ६, काठमाडौँ । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । सभामुख घिमिरेले आज बिहा साँढे ११ बजे दफावार छलफलका लागि विधेयक रहेका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।
अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन् ।