विचाराधीन विधेयक पेश गर्न सभामुखले दिए समिति सभापतिहरूलाई निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • ६२ पटक पढिएको
विचाराधीन विधेयक पेश गर्न सभामुखले दिए समिति सभापतिहरूलाई निर्देशन

कार्तिक ६, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयक आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् ।
सिहंदरबारस्थित सभामुखको कार्यकक्षमा आज बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

बैठकमा सभामुख घिमिरेले ‘कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ’ भनेर चासो देखाएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बताए । बैठकमा समिति सभापतिहरुले संसद् अधिवेशन अन्त्य भएसँगै बैठक बस्न नसकेको जानकारी सभामुखलाई दिएका थिए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस