काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गर्‍यो : मेयर बालेन शाह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक ३०, शुक्रबार (६ महिना अघि)
  • ५९ पटक पढिएको
काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गर्‍यो : मेयर बालेन शाह

कार्तिक ३०, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको बताएका छन् । काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा लिएको कम्पनी, छिमेकी पालिकासहित संघीय सरकारले असहयोग गरेको उनले आरोप लगाएका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौंको फोहोर व्यवस्थापन गर्नुभन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउने गरी संघीय सरकारले असहयोग गरिरहेको बताएका हुन् । ‘हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो’, उनले भनेका छन् ।

विवादित नेपवेस्ट कम्पनीलाई नै फोहोर व्यवस्थापनको जिम्मा दिएर काठमाडौंको फोहोरमा एकाधिकार लाद्ने र दिगो समाधान नहुने बाटो तोड्न आफूहरु क्रियाशील रहेको मेयर बालेनले बताएका छन् । आफूहरुले वैधानिक मापदण्ड अनुसार नै टेन्डर गर्दा पनि नेपवेस्टले मुद्दा हालेको र मुद्दाको फैसला काठमाडौंकै पक्षमा आएको समेत उनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस