मंसिर १, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य हिसावले कार्य सम्पादन गरेर राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस-२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो सचेत गराएका हुन् ।
उनले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि पहलकदमी लिन आग्रह गरे। उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।