४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर ७, शुक्रबार (५ महिना अघि)
  • ५२ पटक पढिएको
४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक

कात्तिक ७,काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू तयार गरेको छ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ ।

नमुना मतपत्र यस लिंकबाट हेर्न सकिन्छ ।

https://election.gov.np/

ताजा अपडेट

खोजी गर्नुहोस