सर्वोच्चमा दुर्गा प्रसाईंको रिटमा सुनुवाइ जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १२, बुधबार (५ महिना अघि)
  • ५६ पटक पढिएको
सर्वोच्चमा दुर्गा प्रसाईंको रिटमा सुनुवाइ जारी

मंसिर १२, काठमाडौँ । सर्वोच्च अदालतमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ जारी छ । बुधबार सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि साइबर अपराधमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको थियो । यसअघि मङ्सिर ९ गते आइतबार सर्वोच्चले विपक्षीलाई बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो । मङ्गलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस