कीर्तिपुरमा कांग्रेसका मेयर उम्मेदवार डंगोलले गरे मतदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १६, आईतबार (५ महिना अघि)
  • ४८ पटक पढिएको
कीर्तिपुरमा कांग्रेसका मेयर उम्मेदवार डंगोलले गरे मतदान

मंसिर २६, काठमाण्डौँ ।  सत्तारुढ नेपाली कांग्रेस कीर्तिपुर नगरपालिकाको मेयरका उम्मेदवार कृष्णमान डंगोलले ३ वडाबाट मतदान गरेका छन् । यहाँ २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगर प्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा  नगर प्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा  वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नगर प्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष  हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि ती पद रिक्त भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस