नेपाल-चीनबीच प्रधानमन्त्रीस्तरमा भएको सहमती के-के हुन् ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ मंसिर १८, मंगलबार (५ महिना अघि)
  • ७३ पटक पढिएको
नेपाल-चीनबीच प्रधानमन्त्रीस्तरमा भएको सहमती के-के हुन् ?

मंसिर १८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच विभिन्न विषयमा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

१.टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
२.नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
३.नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
४.फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
५.विकास योजना सम्बन्धी समझदारी पत्र
६.आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
७.नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
८.स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
९.नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस