राष्ट्रपति पौडेल अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ मंसिर १९, बुधबार (५ महिना अघि)
  • ७० पटक पढिएको
राष्ट्रपति पौडेल अस्पताल भर्ना

मंसिर १९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । आज बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा। धनश्याम भूसालले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस