कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ मंसिर २४, सोमबार (५ महिना अघि)
  • ६१ पटक पढिएको
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मंसिर २४, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिसकिएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे विशेष छलफल हुनेछ । सोही बैठकबाट त्यसबारेमा पार्टीको आधिकारिक धारणा तय गरिने बताइएको छ । बीआरईबारे कांग्रेसभित्र मतभेद रहँदै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस