रवि लामिछाने पक्राउको विरोधमा पर्सामा रास्वपाको प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर २५, मंगलबार (५ महिना अघि)
  • ५९ पटक पढिएको
रवि लामिछाने पक्राउको विरोधमा पर्सामा रास्वपाको प्रदर्शन

मंसिर २५, पर्सा । रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहदा उनका समर्थकहरुले मंगलबार पर्साको बीरजंगमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्‍याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस