नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण छन् : रेखा शर्मा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ४९ पटक पढिएको
नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण छन् : रेखा शर्मा

पौष ४, काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनका कुराहरू उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी छन् ।
बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताएकी हुन् ।

उनले भनिन्, ‘नेताहरूको पितृसतात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै रक्त अशुद्धता हुन्छ भन्छन् । रक्त अशुद्भता र शुद्धताका कुरा धेरै सुन्यौँ । विदेशीसँग विवाह गरेकी महिलाबाट जन्मेको सन्तानको रगत शुद्ध हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान छ । तर यसको विषयमा कुरा गर्दा धेरैचोटि अपमानित भएका समेत छौँ ।’

साथै उनले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताइन् । उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन् । यसैगरी शर्माले संविधानमा नागरिकताको विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस