पौष ५, काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एक हप्ताभित्र नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् । हिजो गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको झण्डै अढाइ घण्टा लामो भेटमा यो सहमति भएको अभियानका नेता डीबी कार्कीले जानकारी दिए ।
नेता कार्कीका अनुसार एकतापूर्व दुवै पार्टीका तर्फबाट दुई–दुई सदस्यीय कार्यदल बन्नेछ । उक्त कार्यदलले एकताको खाका तयार पार्ने र त्यहीअनुरूप एक हप्ताभित्र एकता हुने बताइएको छ । एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरीयता दिने गरी छलफल भइरहेको छ । तर, शुक्रबार दुवैले कार्यदलमा रहने व्यक्ति तोकेनन् । कार्कीका अनुसार बुधबारभित्र कार्यदल बनिसक्ने र अर्को साताभर एकता कार्य टुंगोमा पुग्ने छ ।