माघ २, काठमाडौँ । नागरिक उनमुक्ति पार्टीका सांसद अरुण चौधरीको मुद्दामा बुधवार सर्वोच्च अदालतले निर्णय सुनाउने भएको छ ।
कैलाली–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत रहेका चौधरीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता वशन्त जोशीले दायर गरेकोे मुद्दामा सर्वोच्चले फैसला सुनाउन लागेको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधवार चौधरी सांसद बन्न योग्य व्यक्ति हुन् वा होइनन् भन्ने निर्णय दिने छ । मुद्दाको निर्णय दिन सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र मनोजकुमार शर्मा सम्मिलित संवैधानिक इजलास गठन गरिएको छ ।