फागुन १, काठमाण्डौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेत्र चापागाईलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । प्रवास बाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईबीच ६११ मतान्तर छ ।
८७३ मत खसेकोमा चापागाईले ७१ मत मात्रै पाएका हुन् । जोड्न बाँकी मतभन्दा मतान्तर धेरै भएसँगै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा १,३२४ जना प्रतिनिधि थिए भने ८२२ मत खसेको थियो । कास्कीका चापागाई नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। उनले शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्दै आएका थिए । भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले उम्मेदवारी दिएका हुन् । नेसपा (नयाँ शक्ति) मा महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए भने ७० पदका लागि माघ २९ गते मतदान भएको थियो ।