नीति तथा कार्यक्रममाथि छलफल

संसदमा सांसदका बेतुकका तर्क, मुटुमै गोलीदेखि बाघ र बिरालोका कुरा

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ बैशाख २३, मंगलबार (४ घण्टा अघि)
  • ६६ पटक पढिएको
संसदमा सांसदका बेतुकका तर्क, मुटुमै गोलीदेखि बाघ र बिरालोका कुरा

वैशाख २३, काठमाडौं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । सोमबारदेखि दुवै सदनमा छलफल भईरहेपनि सांसदहरुले मुख्य बिषय भन्दा बाहिर रहेर छलफल गर्दा नीति तथा कार्यक्रम खल्लो बनिरहेको छ ।

प्रतिनिधिसभामा दलीय आधारमा बोल्न नाम टिपाएका सांसद पालो कुरेर बसेपनि अरू सांसदका कुर्सीहरु भने रित्ता देखिएका छन् । सांसदहरू हाजिर गर्ने र बाहिरिने विगतको प्रवृत्ति अहिले पनि उस्तै छ । बजेट अधिवेशनको नामले चिनिएको सदनमा नीति तथा कार्यक्रममाथिको महत्वपूर्ण छलफलमा प्रतिपक्षको मात्र होइन सत्तापक्षकै पनि रुची देखिएको छैन ।

संसदमा बोल्ने अधिकांश सांसदहरुले आफ्नो समय घोचपेच र गाली गलौचमै खर्चिने गरेको छ । एमाले सांसद योगेश भट्टराईले कुलमानलाई हटाउँदा प्रतिपक्षको मुटुमै गोली लागे जस्तो तर्क गर्नु जायज नभएको भएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुलमान घिसिङ हटाएको भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै भट्टराईले प्रधानसेनापति हटाएको जस्तो गम्भिर कुरा सरकाले नगरेको तर्क गरे ।

यता राजावादी दल राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजसंस्था अहिले दलहरुले छलकपट गरेर फालेको बताउँदै उनले संबिधान र ब्यवस्था भारतले ल्याएको दाबी गरे । उनले सच्चा राष्ट्रबादी आफुहरु भएको बताउँदै बिरालोको रंग मिल्यो भन्दैमा बिरालो बाघ हुन नसक्ने तर्क गरे ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल काँग्रेस उपसभापति धनराज गुरुङले सरकारले ल्याएको नीति तथा कार्यक्रम गुलावको फुल जस्तै भएपनि प्रतिपक्षले भने काँडाँ मात्रै देख्ने दृष्टिकोणमा समस्या रहेको बताए ।

यस्तै प्रतिपक्ष दल माओवादी केन्द्रका सांसद देवन्द्र पौडेलले भने निति तथा कार्यक्रम पुनरलेखन गर्नुपर्ने माग गरे । सरकारले बजेट बिकास समेत खर्च गर्न नसक्नु दुर्भाग्य भएको उनको भनाई थियो ।

यस्तै आकस्मिक समयमा बोल्दै रास्पाका सांसद मनिष झाले पछिल्लो समय प्रतिस्पर्धीहरुमाथि सरकारले राजसनतिक प्रतिशोध साँधेको आरोप लगाए । आफ्नै सभापति रबि लामिछाने हुँदै अहिले एकिकृत समावादी पार्टीका अध्यक्ष माधव नेपाललाई पनि बयान लिने कार्य भएको भन्दै अबको टार्गेट सिके राउत पनि हुन सक्ने टिप्पणी गरे ।

त्यस अघि संसदको शुन्य समयामा बोल्दै सांसद एकनाथ ढकालले सरकारले शिक्षहरुसंग गरेको सम्झौताको कार्यन्वयन आगामी बजेटबाट सम्बोधन गर्न सुझाव दिए ।

प्रतिनिधिसभाको अर्को बैठक बैशाख २४ गते बुधवार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । राष्ट्रियसभा बैठक भने २८ गते सम्म स्थगित गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा हिजो र आज दुइ दिन छलफल भएको हो । छलफल २८ गतेसम्म जारी रहने र सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ दिनेगरी कार्यसूची निर्धारण गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस