पहिरोको उच्च जोखिममा धादिङ ! सचेत रहन आग्रह

Post Thumbnail

असार १९,धादिङ । मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । भूगर्भविद डा. कृष्ण देवकोटाका अनुसार महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृङ्खलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा रहेको छ ।

धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ जिल्ला सहित धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु सडक पहिरोको जोखिममा रहेका छन् । यस्तै पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग पनि पहिरोको जोखिममा रहेको छ । सरकारले पहिरोको उच्च जोखिममा रहेका स्थानका बासिन्दालाई सचेत र सुक्षित रहन आग्रह गरेका छ ।

गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपत्कालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।

राहत तथा उद्धारका लागि आवश्यक हेलकप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्यूपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस