असार २२,काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले उनले सरकारले चाँडै सार्वजनिक पद धारण गर्ने व्यक्तिको जीवन सार्वजनिक गर्ने कानुन ल्याउन थालेको जानकारी दिएका छन ।
नेपाल पत्रकार महासंघ काठमाडौँले शुक्रबार आयोजना गरेको ‘सूचनाको हक संरक्षण, सम्वद्र्धन र प्रचलन’ विषयको अन्तरक्रियामा उनले फौज्दारी संहितामा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुरा रहेकाले परिमार्जनका क्रममा रहेको बताए ।
‘‘फौज्दारी संहिता कानुनमा प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने कुरालाई हामीले संशोधन गर्न थालेका छौँ’’ उनले भने, “प्रेस स्वतन्त्रतालाई निषेध गर्न दिँदैनौ, नियमन गर्दछौँ ।’’
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको वर्गाीकरण नभएकाले सूचना दिन समस्या भएको बताए । उनले ९० प्रतिशत कार्यालयले सूचना अधिकारीको व्यवस्था गरेर सूचनाको हकलाई कार्यान्वयन गराएका छन् भन्दै मुलुक संघीय संरचनामा भइसके पनि प्रदेशस्तरमा आयोग खोल्नुपर्ने बताए ।