महेन्द्रनगरमा कर्फ्यु खुकुलो पारियो, जनजीवन सामान्य बन्दै

  • अनलाइन केन्द्र
  • / विचित्र संसार /
  • २०७५ भाद्र ११, सोमबार (६ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

भाद्र ११, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा लगाइएको कर्फ्यु खुकुलो पारिएपछि जनजीवन सामान्य बन्दै गएको छ ।

स्थानीय प्रशासनले आज बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु हटाएपछि जनजीवन सामान्य बन्दै गएको हो ।

कर्फ्यु हटाइएको समयमा बजारमा चहलपहलसमेत बढेको छ ।

बिहानैदेखि बजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्नेहरुको भीड लागेको छ ।

स्थिति हेरेर कर्फ्युको समय घटाउँदै लगिने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

निर्मला पन्तका हत्याको घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै स्थानीयबासीले प्रदर्शन चर्काएपछि प्रशासनले शुक्रबारदेखि लगातार कर्फ्यु लगाउँदै आएको थियो ।

यसैबीच पन्तको हत्याको घटना छानबिन गर्न गठित उच्चस्तरीय समितिले अनुसन्धान सुरु गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस