प्रधानसेनापति थापा र भारतीय राजदूत पुरीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र २५, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र २५,काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेकै भोलिपल्ट भारतीय राजदूतमंजीव सिंह पुरी जंगी अड्डा पुगेका छन् । भेटवार्तामा द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।

थापाले आइतबार मात्र कार्यभार सम्हालेका थिए । यसैबीच प्राड विवाकको ५६ औं बाषिर्क उत्सवको अवसरमा पाँच दिने लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सोमबार नै सुरु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सबै पृतना हे क्वा, बाहिनी अड्डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरुलाई सहभागी गराई हालै लागु भएको देवानी तथा फौजदारी संहिता र कार्यविधिबारे छलफल हुनेछ ।

सेमिनारमा सहभागी प्राड रथीबृन्द, अधिकृत र पदिकहरुलाई प्रधानसेनापति थापाले निर्देशन दिने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस