आगलागीबाट बालकको मृत्यु, दुई घर जलेर नष्ट

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन ५, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन ५, म्याङलुङ । तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकूमा आज दिउँसो घरमा आगलागी हँुदा एक बालकको जलेर मृत्यु भएको छ ।

स्थानीयवासी रुद्र खातीको घरमा आगलागी हुँदा खातीको ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको हो ।

आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायणप्रसाद गौतमले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय सङ्क्रान्ति बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस