आजको मौसमः कतै पानी पर्ने कतै सफा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौँ । देशका पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भेगहरुमा सोमबार आंशिक देखि सामान्य बदलीको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको मौसमविदले बताएका छन्।

पश्चिमी भूभागका केही स्थानहरु साथै मध्य र पूर्वी पहाडी भेगका एक दुई स्थानमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस