दुर्घटनामा घाइते बाराका प्रजिअको उपचारको क्रममा निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ६, काठमाडौं । दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ ।

गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा परेको थियो ।

उपचारका लागि काठमाडौँ ल्याइएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासन प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईंले सोमबार दिउँसो भट्टराईको निधन भएको पुष्टि गरे ।

उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणका प्रहरी उपरीक्षक बलराम पोखरेलको दुर्घटनास्थलमा नै निधन भएको थियो ।

यता, भट्टराईको परिवारले भने दुर्घटना नियोजित भएको आरोप लगाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस