फागुन २०,काठमाडौँ । सोमबार काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो केही पहाडी भेगमा भने मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जाकारी दिए । मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव कमजोर भएकाले ठूलो पानी वा हिमपात पर्ने सम्भावना भने देखिएको छैन ।
बुधबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली भित्रिने हुनाले मौसम बदली भई पानी पर्ने सम्भावना रहेको उनले बताए ।