आजको मौसम: कतै असिनापानी, कतै हावाहुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख ५, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख ५, काठमाडौँ । देशका पहाडी भू–भागको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पश्चिमको पहाडी क्षेत्रका केही ठाउँमा र मध्य तथा पूर्वी पहाडका थोरै ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

तराईका क्षेत्रमा बेलुका तिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस