बैशाख ८, काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त ५ जनाले आज पद तथा गाेपनियताकाे शपथ लिँदै छन्। आइतबार बिहान १० बजे न्यायाधीशहरुले सपथ लिने कार्यक्रम ताेकिएकाे छ। कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ।
सपथ लिनेमा न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्मा छन्।
न्यायाधीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ गराउनेछन्। न्याय परिषद्काे सिफारिसमा संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि स्वीकृत गरेपछि शुक्रबार राष्ट्रपति भण्डारीले उनीहरुकाे नियुक्तिमा माेहर लगाएकी थिइन्।