इन्जिनियरको राजीनामामा पिनको आपत्ति, कार्यक्षेत्रमा नजानेमाथि कारवाहीको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १४, शनिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुको सामूहिक राजीनामाको विषयमा आपत्ति जनाएको छ।

पिनले अब कार्यक्षेत्रमा कार्यरतलाई स–सम्मान व्यवहार गर्न र नखटिनेलाई तत्काल कारबाही गरी नयाँ नियुक्तिका लागि पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीलाई प्रस्तावसमेत पेस गरेको पिनका नेता सञ्जीव रोकाहाले जानकारी दिए।

प्राधिकरणमा कार्यरत प्राविधिकको भत्ताको बिषयमा लामो समयदेखि आन्दोलन भएको र नेकपा सम्बद्ध पिनको अगुवाई र नेपाल इन्जिनियर्स एशोसियशनको मध्यस्थतामा भत्ता पुरानै मितिबाट दिने मन्त्रिपरिषदको निर्णयपश्चात पुनः असन्तुष्टि व्यक्त गरी संयुक्त राजीनामाको घोषणा गर्नु आपत्तिजनक रहेको पिनको ठहर छ।

‘धेरै साथीहरु फिल्डमै कार्यरत हुनुहुन्छ। केही प्राविधिकहरु जो अधिकांश समय राजधानी बस्ने अनि बिभिन्न बहानामा आन्दोलन गर्ने प्रवृती सैह्य हुँदैन’, इन्जिनियर नेता रोकाहाले भने।

यता पुनर्निर्माण प्राधिकरण स्रोतका अनुसार पत्रकार सम्मेलनमार्फत संयुक्त राजीनामा घोषणा गरेका इन्जिनियरहरुले पुनर्निर्माण प्राधिकरणमा भने औपचारिक रुपमा राजीनामा बुझाएका छैनन्।

ताजा अपडेट

खोजी गर्नुहोस