खुला मञ्चमा साना व्यापारीको आठ करोड डुब्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १५, आईतबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । खुला मञ्चमा बनाइएको ५१ वटा अबैद्य सटरमा शनिबार डोजर चलाइयो।

सटर भत्काएसँगै साना व्यापारीको झण्डै आठ करोड रुपैयाँ डुबेको छ।

उनीहरुले व्यापार गर्ने ठाउँ लिएबापत ठेकेदार कम्पनीलाई प्रतिसटर १५ लाख रुपैयाँ सलामी बुझाएका थिए।

सलामी रकम असुल्ने ठेकेदार हुन्, बसपार्कस्थित काठमाडौँ टावर निर्माणको ठेक्का लिएको कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका मालिक मनोज भेटवाल।

बसपार्कस्थित स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष हरिप्रसाद पाण्डेका अनुसार भेटवालले महानगरपालिकासँग स्वीकृती लिएरै सटर निर्माण गरिएको भ्रम दिएर व्यापारीसँग प्रतिसटर १५ लाख रुपैयाँ असुलेका थिए।

खुला मञ्चको करिब ५१ सटरबाट मात्रै उनले व्यापारीसँग एकमुष्ट सात करोड ६५ लाख रुपैयाँ असुलेका पाण्डेले बताए।

खुलामञ्चको भुइँ ढलान गरी ठेकेदारले ५१ वटा सटर बनाएर भाडामा लगाउँदा ३० दिनसम्म नदेख्ने सरकारले साना व्यापारीलाई सामान उठाउन ३० मिनेट समय पनि दिएन।

सामान जोगाउन बालबालिकाले समेत भागदौड गर्नुपर्यो। सरकारको आँखै अगाडि सटर बनाएर ठेकेदारले ११ देखि १५ लाख रुपैयाँका दरले ५१ व्यापारीबाट उठाएको साढे सात करोडको जिम्मेबार को?

ताजा अपडेट

खोजी गर्नुहोस