रिना मृत्यु प्रकरण: आन्दोलन गर्न गठन भएको संघर्ष समिति विघटन, ९ दिनपछि परिवारले जलाए शव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १६, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख १६,मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका-१ मा डेरा बसेको घरमुनी मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको न्यायका लागि आन्दोलन गर्न भन्दै गठन भएको संघर्ष समिति विघटन भएको छ ।

रिनाको शव भेटिएको नौ दिनपछि आइतबार आफन्तले दाहसंस्कार गरेपछि कबिता पराजुली संयोजकत्वको संघर्ष समिति विघटन गरिएको हो ।

स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्दै आएकी रिनाको शव गत शनिवार नग्न अवस्थामा फेला परेको थियो । स्थानीयबासीले बलात्कारपछि हत्या भएको आशंका गरे पनि प्रहरीले भने घरको छतबाट खसेर मृत्यु भएको बताउँदै आएको छ ।

शव भेटिएको नौ दिनपछि आइतबार आफन्त र परिवारका सदस्यले सुनसरीको चतरा घाटमा अन्त्येष्टि गरेका छन् । ‘हामीले रिनाको न्यायका लागि आन्दोलन गर्दा उहाँको परिवारबाट सहयोग भएन,’ संघर्ष समिति संयोजक पराजुलीले भनिन्, ‘परिवारको सहयोग नपाएपछि संघर्ष समिति विघटन गरियो ।’

आइतबार दाहसंस्कारमा संघर्ष समिति सहभागि भएन । न्यायका लागि प्रहरीलाई दवाव दिन केही दिन शवको अन्त्येष्टि नगर्न दवाव दिँदै आएको संघर्ष समितिले आफूहरुसँग सल्लाह नगरी अन्त्येष्टि गरिएको भन्दै सहभागी नभएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस