इडिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २४, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ ।

गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको थियो । इडिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् ।

सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस