तरकारीको भाउ पोहोरभन्दा दोब्बर, गोलभेँडा किलोमै ५० रुपैयाँ वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २७, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख २७, काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ।

तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ १ सय ४३ प्रतिशतसम्म बढेको छ। गत वर्षमात्र नभएर गत महिना (चैत)को तुलनामा पनि भाउ अत्यधिक बढेको हो।

निरन्तर वर्षातले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागका आधारमा तरकारी उत्पादन नहुनुलगायत कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन्।

भान्छामा दैनिक प्रयोग हुने गोलभेँडाको मूल्य किलोमै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता (२६ गत) ३५ रुपैयाँ किलोमा बिक्री भएको गोलभेँडा बिहीबार ८५ रुपैयाँ किलो बिक्री भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस