कृषिमा एक अर्बको युवा विशेष कार्यक्रम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ९, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौँ । आगामी आर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ।

बहुवर्षीय कार्यक्रमका रुपमा ल्याउन लागिएको कार्यक्रमको कार्यविधिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

आगामी जेठ १५ गते ल्याने बजेटका लागि स्वीकृत भएको कृषिका लागि विविध कार्यक्रममध्ये युवा विशेष कार्यक्रम नयाँ कार्यक्रम हो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २५ अर्ब २४ करोड कुल बजेटमध्ये आधा दर्जन योजना अर्बमाथिका छन् भने दर्जन बढी योजना कम रकमका छन्।

युवालाई ५० प्रतिशत अनुदानमा कृषि उद्यममा उत्प्रेरित गर्ने कार्यक्रमको सफलताको लागि अनुगमन प्रणालीलाई बलियो बनाइने कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस