चर्चित हिमाल पथप्रदर्शक ध्रुव विष्टको सगरमाथामा मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ १०,काठमाडौँ । चर्चित हिमाल पथप्रदर्शक ध्रुव विष्टको सगरमाथामा ज्यान गएको छ । शुक्रबार सगरमाथाको तेश्रो शिविरमा बिरामी परेपछि तल ल्याउने क्रममा उनको ज्यान गएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । विष्ट हिमालय एक्सटिसी ट्रेकमार्फत सगरमाथा आरोहण सहयोगीको रुपमा गएका थिए ।

यस्तै अर्का पथप्रदर्शक निमा तेञ्जिङ शेर्पाको मकालु हिमालमा ज्यान गएको छ । निमाको मकालु हिमाल आरोहण गरेर फर्कने क्रममा दोश्रो शिविरमा ज्यान गएको पर्यटन विभागले जनाएको छ ।

यी दुईको मृत्युसँगै यस वर्ष आठ हजार मिटरभन्दा बढी उचाइका हिमाल आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस