बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Post Thumbnail

जेठ १२, बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्रबिन्दु भएर शनिबार भूकम्पको धक्का सहशुस गरिएको छ । राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।

बझाङ सदरमुकाम चैनपुरबाट पूर्वतिर केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको हो । बझाङको जयपृथ्वी नगरपालिका १ कैलाशलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत चैत २६ गते समेत सोहि ठाँउलाई केन्द्रविन्दु बनाएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको थियो । यसका साथै चैत ४ गतेपनि भारत र चीनको सीमा आसपास दार्चुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार ३ पटक परकम्प गएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस