सरकारको निर्णय : जेठ २३ गते सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

जेठ १६,काठमाडौँ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताए ।

मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस