लोकसेवाको सर्भर नै चल्दैन, फाराम बुझाउन समस्या

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ३, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाडौँ । लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा स्थानीय तहका लागि आवेदन दिने आवेदक मर्कामा परेका छन्। स्थानीय तहका लागि आवेदन भर्ने म्याद सकिन केहिदिन बाँकी रहँदा आयोगको अनलाईन आवेदन पोर्टलमा समस्या देखिएको हो।

अनलाइन फर्म भर्न आयोगेले तोकेको वेवपेजमा तीनदिनदेखि प्रयास गर्दा पनि लगइन हुन नसकेको पीडितको गुनासो छ।

आयोगको अनलाईन सिस्टम कतिबेला लगइन नै नहुने, कतिबेला लोड नहुने सम्या देखिएको पीडितको गुनासो छ

आयोगका सूचना अधिकारी देविप्रसाद सुवेदीले अन्तिम समयमा आवेदक बढेपछि फर्म बुझाउन समस्या भएको गुनोसो प्राप्ता भएको बताए।

‘लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएपछि के हुन्छ भन्ने अन्योलका कारण पनि पहिले धेरैको आवेदन आएन,’ उनले भने ‘अहिले आवेलन भर्नेको संख्या बढिरहेको छ।,

एकैपटक धेरैले लगइन गर्दा समस्या भएको हो।’ सुवेदीका अनुसार हाल झण्डै ६० हजार भन्दा बढी निरन्तर छ।

ताजा अपडेट

खोजी गर्नुहोस