धादिङमा तीनवटा सवारी ठोक्किए : दुई को मृत्यु, ३२ जना घाइते

Post Thumbnail

असार १६,धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदी कृष्णभिरमा आइतबार साँझ तीन वटा सवारी एकापसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र वतन नखुलेकी एक २० वर्षीया महिला रहेकी छिन् । महिलाको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु१ख ९०७९ नंको बस र चितवनबाट काठमाडौँ जाँदै गरेको बा३ख १००४ नंको माइक्रो र बा२ख ४५६७ नं.को माइक्रो एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनालाई सामान्य उपचारपछि राजमार्ग सामुदायिक अस्पतालबाट ट्रमा सेन्टरमा पठाइएको छ । गजुरी अस्पतालमा सात र चरौँँदी अस्पतालमा दुई जना उपचाररत रहेका छन् । बाँकी यात्रुको उपचारपछि घर पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस