सरकारले बनाइदियो सजिलोः बिना परीक्षण धमाधम भित्रिन थाले विषादीयुक्त भारतीय फलफूल र तरकारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २५, बुधबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौँ । तरकारी र फलफूल बोकेका भारतीय ट्रक विषादी परीक्षण नगरी नेपाल भित्रिन थालेका छन्।

प्रदेश १ का तीन नाका (झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भण्टावारी)बाट सयौँको संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएका छन्।

काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक नेपाल भित्रिएका छन्।

विराटनगर र भन्टावारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन्।

सरकारले परीक्षण नगर्नु भन्ने बेहोराको पत्र पठाएकाले भारतीय तरकारी र फलफूल बोकेका ट्रक बिना परीक्षण नेपाल भित्रिन थालेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस