आज भारी वर्षा हुने, सतर्क रहन चेतावनी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ २७, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबार पनि ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

देशका पश्चिमी भूभागका केही स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशका थोरै स्थानहरुमा भारी वर्षा र एक दुई स्थानहरुमा अति भारि वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । लगातारको वर्षाका कारण विभिन्न जिल्लाका नदी आसपासका क्षेत्रमा बाढी तथा डुवानको खतरा रहने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीहरुमा पनि जलसतह एक्कासी बढ्ने तथा केहीमा खतरा तह पार हुने संभावना पनि भएकाले सतर्क रहने आग्रह गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस